
काठमााण्डु,३० फागुन– माओवादी घटकहरुले आज मंगलबार गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले आजका लागि तय भएको अन्तर्क्रिया कार्यक्रम स्थगित भएको जानकारी दिएको छ । कार्यक्रम स्थगित हुनुको कारण भने खुलाइएको छैन ।
द्वन्द्वकालीन घटनाको मुद्दामा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि नजिकिएका माओवादी घटकहरुको २६ फागुनमा बसेको बैठकले शान्ति प्रक्रियाका पक्षधर लगायतसँग ३० फागुनमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका माओवादी घटकहरुले द्वन्द्वकालीन मुद्दा नियमित अदालतबाट नभई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुंगो लगाउनुपर्ने उनी हरुले बताउँदै आएका छन ।०७६ साल १ माघमा काठमाण्डुको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजार जनाको मात्र आफूले जिम्मा लिने बताएका थिए ।
सोही अभिव्यक्तिको आधारमा प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायतले सर्वोच्चमा रिट दायर गरेका छन् ।