
पोखरा , ३१ वैशाख– पोखरा महानगरपालिका–२२ स्थित दहरा घुम्तीनजिकै स्तुपाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा हुँदा चालक र सहचालकसहित २२ जना घाइते भएका छन ।
ग १ ख ३८८६ नम्बरको बस नियन्त्रण गुमाएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । छोरेपाटन बजारदेखि केही माथि नगर बस घुम्दीबाट खसेको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी हरि बस्नेतका अनुसार, दुर्घटनामा परेर चालक र सहचालकसहित २२ जना घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको डीएसपी बस्नेतले जानकारी दिएका छन । बसमा २६ जना सवार रहेको भन्ने बुझिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको पनि प्रहरीले जनाएको छ ।