
काठमाण्डू, ३१ वैशाख– सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी गरेको छ ।
न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उनलाई अदालतमा स–शरीर उपस्थित गराउन आदेश दिएको हो । मिश्रकी पत्नी सरिका कार्कीले आफ्नो पतिलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।