जावलाखेलको चिडियाखानाबाट रेड पाण्डा चोर्ने प्रयास

काठमाण्डु टुडे २०८२ जेठ १ गते १४:४३ मा प्रकाशित

काठमाण्डू, ३१ वैशाख– ललितपुरको सदर चिडियाखानाबाट दुलर्भ रेड पाण्डा चोरी गर्ने प्रयास भएको खुलेको छ । मंगलबार बेलुकी रेड पाण्डा चोरी गर्ने प्रयास भएको पाइएपछि जिल्ला प्रहरी परिसर, ललितपुरमा उजुरी परेको छ ।

यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन । स्रोतका अनुसार, रेड पाण्डा चोरी गर्न लागेको दृश्य क्लोज सर्किट (सीसी) क्यामरामा समेत कैद भएको छ ।

‘यद्यपि त्यो त्यति धेरै स्पष्ट छैन, विभिन्न पक्षको विश्लेषण गरेर अनुसन्धान गरिरहेका छौं’, अनुसन्धानमा संलग्न एक अधिृकतले भने । स्रोतका अनुसार, यो घटना हुँदा चिडियाखानाका प्रमुख चाहिँ बिदामा रहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us