प्रधानमन्त्री कप फुटबल ८ चैत देखि १७ गतेसम्म हुने

काठमाण्डु टुडे २०७९ फागुन २९ गते १७:२३ मा प्रकाशित

काठमाण्डु,२९ फागुन– प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता ८ चैत देखि १७ गतेसम्म हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आाज सोमबार पत्रकार सम्मेलन गरि यस्तो जानकारी दिएको हो ।

जानकारी अनुसार प्रतियोगितामा नेपालसहित, भुटान र लावस सम्मिलित हुने भएका छन । दशरथ रंगशालामा सिंगल राउण्ड रोबिन आधारमा खेली उत्कृट २ टोलीबीच १७ गते फाइनल खेल हुने एन्फाले जानकारी दिएको छ ।

फिफा विन्डोको समय सकिने भएकाले ३१ मार्च मा हुने फाइनल खेल वरीयतामा समावेश हुने छैन । प्रतियोगिताका लागि फिलिपिन्स र मलेसियासँग पनि कुरा भएको तर उनीहरूको समय नमिल्दा सम्भव नभएको प्रवक्ता शाहले जानकारी दिएका छन ।

एन्फाले प्रतियोगिताका लागि साधारण प्यारापिटतर्फ ५०० र भीआईपी प्यारापिटतर्फ १००० रुपैयाँ टिकट दर रहेको छ । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल अधिकारका लागि एन्फाले सार्वजनिक सूचना निकालीसकेको र चाँडै टुंगो लाग्ने प्रवक्ता सुरेश शाहले बताएका छन ।

टिकटका लागि ३० लाख र मार्केटिङका लागि ५०लाख न्यूनतम मूल्य तोकेर वोलपत्र आह्वान गरिएको हो । उनले प्रतियोगितामा अनुमानित १ करोड ७७ लाख ६८ हजार ४८० रुपैयाँ लाग्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us