थाइल्याण्डबाट नेपालमा गाँजा तस्करी

काठमाण्डु टुडे २०८२ वैशाख ३० गते २१:२४ मा प्रकाशित

काठमाण्डू, ३० वैशाख- थाइल्याण्डबाट नेपालमा लागुऔषध गाँजा तस्करी हुने गरेको खुलासा भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्याण्डबाट आएका भारतीय नागरिक गाँजासहित पक्राउ परेसँगै यो तथ्य खुलासा भएको हो ।

सोमबार थाई एयरवेजमार्फत बैंककबाट काठमाण्डू आएका २५ वर्षीय अब्हुदे पाहुनेको सुटकेसबाट प्रहरीले १० किलो १ सइ ७० ग्राम गाँजा बरामद गरेको हो ।

विमानस्थलको भन्सार क्षेत्रमा जाँचका क्रममा गाँजा फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो । प्रारम्भिक अनुसन्धानमा थाइल्याण्डबाट गाँजा नेपाल ल्याउने नयाँ ट्रेन्ड देखिएको प्रहरीको अनुमान छ ।

पाहुनेलाई लागूऔषध नियन्त्रण ब्यूरोमा पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us