वीर अस्पतालले पाँच स्टाफ नर्सलाई सेवाबाट हटायो

काठमाण्डु टुडे २०७९ फागुन ३० गते १०:४१ मा प्रकाशित

काठमाण्डु,३० फागुन– वीर अस्पतालले पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाएको छ । अस्पतालमा जानकारी नगराई बिदा बसेको र सूचना प्रकाशित गर्दासमेत सम्पर्कमा नआएपछि उनीहरुलाई प्रक्रिया पुर्‍याएर सेवाबाट हटाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालले जानकारी दिएको छ ।

सेवाबाट हटाइनेमा पाँचौ तहमा कार्यरत सुशीला ढकाल, शान्ति लम्साल, सम्झना श्रेष्ठ, जमुना सिटौला र ओमदेवी पुन रहेका छन ।

अस्पतालका अनुसार ढकाल ०७६ फागुन १५, लम्साल ०७५ असार २२ गते, श्रेष्ठ ०७६ असोज १ गते, सिटौला ०७४ चैत १ गते र पुन ०७५ पुस १३ गतेदेखि जानकारी नगराई सम्पर्कविहीन भएका थिए ।

पाँचै जनाको नाममा ३० दिनभित्र सम्पर्कमा आउन सूचना जारी गर्दा पनि हाजिर हुन नआएपछि सेवाबाट हटाइएको अस्पतालले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us