प्रतितोला १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७९ फागुन ३० गते १२:२७ मा प्रकाशित

काठमााण्डु,३० फागुन– नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ । आज (मंगलबार) मात्रै नेपाली बजारमा सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

अमेरिकी बैंकहरुमा देखिएको समस्याका कारण लगानीकर्ताहरुले बैंकको निक्षेप झिकेर सुनमा लगानी बढाउन थालेपछि सुनको मूल्य तीन दिनमा ३ हजार ९ सय रुपैयाँले बढेको हो ।

आज (मंगलबार) छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५ हजार ७ सय रुपैयाँ कारोबार भइरहेको छ ,यस्तै तेजावी सुनको मूल्य प्रतितोला एक लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।

हिजो (सोमबार) छापावाल सुन प्रतितोला एक लाख ४ हजार एक रुपैयाँमा कारोबार भएको थियो र तेजावी सुन प्रतितोला एक लाख ३ हजार ६ सयमा रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी एक हजार २५५ रुपैयाँ तोलामा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us