डाक्टरलाई बलात्कार गरेको आरोपमा भारतमा एक नर्स पक्राउ

काठमाण्डु टुडे २०७९ फागुन ३० गते ११:१२ मा प्रकाशित

एजेन्सी– भारतको केरला राज्यमा एक महिला डाक्टरलाई बलात्कार गरेको आरोपमा एक पुरुष नर्स पक्राउ परेका छन् । पक्राउ पर्नेमा २४ वर्षीय पुरुष नर्स निशम बाबु रहेका छन ।

बलात्कारपछि महिला डाक्टरको नग्न तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा लाई पक्राउ गरिएको हो । भारतीय प्रहरी अधिकारीका अनुसार त्रिशूर जिल्लाका २८ वर्षीय डाक्टरलाई कोइम्बटूरको एक अस्पतालमा नयाँ जागिर दिने झूटो आश्वासन दिएर एक होटेलमा लगेका थिए ।

सो होटेलमा पुगेकी महिला डाक्टरको निशम बाबुले नग्न तस्बिर खिचेका थिए, त्यही नग्न तस्बिर खिचेर सो पुरुष नर्सले महिला डाक्टरलाई निरन्तर यौन दुर्व्यवहार गरेको प्रहरीले जानकारी दिएको छ ।

त्यसपछि पुरुष नर्स निशम बाबुले आफ्नो नग्न तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरे पछि महिला डाक्टर प्रहरीकोमा गएकी थिइन् । उनको उजुरीको आधारमा निशमलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार बाबुलाई आईपीसीको धारा ३७६ (बलात्कार) र सूचना प्रविधि ऐन २००० को धारा ६७ ए (इलेकट्रोनिक रूपमा यौनजन्य कार्य) अनुसारको सामग्री प्रकाशन वा प्रसारण गरेकोमा सजाय अन्तर्गत मुद्दा लगाइएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us