विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री

काठमाण्डु टुडे २०७९ फागुन २९ गते १८:३४ मा प्रकाशित

काठमाण्डु,२९ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेका छन ।

राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारीमा रहेका छन । माओवादी केन्द्रका मन्त्रीले भने, ‘हामीले तत्काल उपराष्ट्रपतिको चुनाव गर्छौ ।

त्यसपछि चुनाव सकिएलगत्तै सत्ता साझेदार दलसँग छलफल र परामर्श हुने छ’ हामीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने सोचेका छौँ । तर, सत्ता साझेदार दलको बैठकमा कसरी जाने भन्ने सुझाव आउँछ त्यसपछि मात्रै टुङ्गो लाग्छ ।’

प्रचण्ड भने विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद् पुनर्गठन योजनामा छन् । प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावअघि विश्वासको मत लिन खोजेका थिए । तर समय अभावका कारण विश्वासको मत लिने कार्यक्रम चुनावपछि धकेलिएको हो ।

प्रधानमन्त्रीले विश्वासको मत पाएपछि कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी लगायतका दल सरकारमा जाने छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us