
विराटनगर, ३० वैशाख- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको कार्यकक्ष सर्वसाधारण नागरिकका लागि खुला संवादको थलो होइन, गोप्य सत्ता सञ्चालनको ‘सुरक्षित घेरा’ जस्तो बन्दै गएको छ ।
डेढ महिनादेखि उनको कार्यकक्षमा मोबाइल फोन लैजान प्रतिबन्ध लगाइएको छ । जुन निर्णयले प्रदेश सरकारको पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ ।
मुख्यमन्त्रीलाई भेट्न चाहने जो-कोहीले अब कार्यकक्ष बाहिरै मोबाइल फोन राख्य कार्यकक्षबाहिरै प्लास्टिकको बकेट राखिएको छ ।
यस्तो कठोर कदम न चाल्नुको कारण भेट्न आउनेले मोबाइलमा तस्बिर खिचेर हैरान पारेको बताइएको छ ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले सुरक्षा सतर्कताका कारण त्यस्तो गरिएको बताए ।