बिहे गरेर इंगल्याण्ड लैजान्छु भन्दै अनलाइनबाट १५ लाख ठगी

काठमाण्डु टुडे २०७९ फागुन २९ गते १८:३० मा प्रकाशित

काठमाण्डु,२९ फागुन– प्रहरीले अअनलाइन माध्यमबाट ठगी गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१ कि ३६ वर्षकी अञ्जली विसुंखे रहेकी छन ।

उनले सामाजिक सञ्जाल टिकटकबाट एक युवतीलाई फ्रेण्ड रिक्वेस्ट पठाई आफू इंगल्याण्डको नागरिक फ्र्यांकलिन पाउल रहेको र श्रीमतीको मृत्यु भइसकेकाले नेपाल आई विवाह गरेर इंगल्याण्ड लैजाने प्रलोभन देखाएर ठगी गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिएका छन ।

बिसुंखेले पीडितलाई ह्वाट्सएप च्याटबाट तिम्रो नाममा जुत्ता, ब्याग, आईफोन, सुनका गहनाहरु ७० हजार अमेरिकी डलरको लगेज पठाएको छु भन्दै कुरियरले सम्पर्क गर्छ भनेर झुक्याएको पनि प्रहरीले बताएको छ ।

उनले पीडितसँग पार्सलको डेलिभरी चार्ज, भन्सार शुल्क, बीमा शुल्क आदि शीर्षकको रकम भन्दै १५ लाख २० हजार रुपैयाँ पठाउन लगाएर ठगी गरेको एसपी राठौरले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us