थप ९१ जनामा कोरोना संक्रमण

२०८० वैशाख २० गते १८:२४

काठमाण्डु,२० वैशाख– पछिल्लो २४ घण्टामा देशभर थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २५३२ नमुना परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । ३३६ पीसीआर परीक्षणमा २७ र २,१९६ एन्टिजेन परीक्षणमा ६४ जनामा संक्रमण देखिएको मन्त्रालयले...

प्रधानन्यायाधीश नियुक्तिमा जिम्मेवार निकायले नै भूमिका भुले: घिमिरे

२०८० वैशाख २० गते १८:१८

काठमाण्डु,२० वैशाख– प्रधानन्यायाधीशको तत्काल नियुक्ति माग गर्दै नेपाल बार एशोसिएशनको आन्दोलन जारी छ । आज बुधबार पनि नेपाल बार एशोसिएसनको परिसरमा कानून व्यवसायीहरुले प्रदर्शन गरेका छन । उनीहरुले तत्काल प्रधानन्यायाधीश नियुक्ति गर्न माग गरेका छन् । आन्दोलनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका...

पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकविरुद्ध पक्राउ पूर्जी जारी

२०८० वैशाख २० गते १८:०२

काठमाण्डु,२० वैशाख– पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको अभियोगमा पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाण्डुले उनलाई पक्राउ गर्न पूर्जी दिएको अदालत स्रोतले जानकारी दिएको छ ।...

१ लाख रुपैयाँ घुससहित तीन जना पक्राउ

२०८० वैशाख २० गते १७:२७

काठमाण्डु,२० वैशाख– अख्तियारको टोलीले १ लाख रुपैयाँ घुससहित राजधानीको गोकर्णेश्वरबाट तीन जना पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–३ स्थित सो उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारीसहित योजनाको निर्माण कार्य सम्पन्न भएपछि भुक्तानी दिन घूस मागेको उजुरी परेको थियो । पक्राउ पर्नेमा राजाडिल सडक खण्ड मर्मत...

राष्ट्रपति पौडेलद्वारा तीन जना मन्त्री नियुक्त

२०८० वैशाख २० गते १७:२२

काठमाण्डु,२० वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्री नियुक्त गरेका छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका हुन् ।...

नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै संलग्नता छैन: टोपबहादुर रायमाझी

२०८० वैशाख २० गते १७:१५

काठमाण्डु,२० वैशाख– एमाले सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन । पक्राउ पुर्जी जारी भएपछि बुधवार अर्घाखाँचीको सन्धिखर्कमा पत्रकारहरुसँग बोल्नै उनले यस्तो बताएका हुन । उनले भने, ‘नक्कली शरणार्थी प्रकरणबारेमा मलाई त्यति थाहा...

दोषी देखिए कोही पनि छुट्दैनन्: गृहमन्त्री श्रेष्ठ

२०८० वैशाख २० गते १७:०७

काठमाण्डु,२० वैशाख– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जोसुकै भए पनि कारवाही हुने बताएका छन । नेपालीलाई नक्कली शुटानी शरणार्थी बनाई अमेरिका पठाउने काममा संलग्नता देखिएको भन्दै प्रहरीले गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार...

अदालतले सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न दियो अनुमति

२०८० वैशाख २० गते १६:२४

काठमाण्डु,२० वैशाख– जिल्ला अदालत, काठमाण्डुले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी भएपछि बुधबार उनलाई प्रहरीले पक्राउ गरेको...

राष्ट्रपतिले जारी गरे मिटरब्याज समस्या सम्बन्धी अध्यादेश

२०८० वैशाख २० गते १६:१५

काठमाण्डु,२० वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचित भएपछि पहिलो अध्यादेश गरेका छन । २५ फागुनमा राष्ट्रपति निर्वाचित भएका पौडेलले पहिलो अध्यादेशका रूपमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ जारी गरेका छन । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार राष्ट्रपतिले अध्यादेश...

रोकिएको बससँग विङ्गर ठोक्किदा १३ जना घाइते

२०८० वैशाख २० गते १६:०८

कञ्चनपुर,२० वैशाख– कञ्चनपुरमा रोकिएको बससँग विङ्गर ठोक्किदा १३ जना घाइते भएका छन । घाइतेमध्ये ७ जनाको अवस्था मध्‍यम छ भने ६ जना समान्य रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय जानकारी दिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुर नगरपालिका–२ मछेली पुल नजिकै सडक छेउमा...

ललितपुर महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

२०८० वैशाख २० गते १५:२६

काठमाण्डु,२० वैशाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेलले भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ । अधिकृत पौडेललाई अख्तियारको टोलीले सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिएको अवस्थामा यसअघि नै पक्राउ गरेको हो । पौडेलले शिक्षक...

एमाले सचिव रायमाझीका बाबुछोराविरुद्ध वारेन्ट जारी

२०८० वैशाख २० गते १५:२१

काठमाण्डु,२० वैशाख– एमाले सचिव टोपबहादुर रायमाझीका बाबुछोराविरुद्ध वारेन्ट जारी भएको छ । आज (बुधवार) जिल्ला प्रहरी परिसर काठमाण्डुले जिल्ला अदालत काठमाण्डुबाट पक्राउ पुर्जी लिएको हो । रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुजी जारी भएको काठमाण्डु उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us