एमाले सचिव रायमाझीका बाबुछोराविरुद्ध वारेन्ट जारी

काठमाण्डु टुडे २०८० वैशाख २० गते १५:२१ मा प्रकाशित

काठमाण्डु,२० वैशाख– एमाले सचिव टोपबहादुर रायमाझीका बाबुछोराविरुद्ध वारेन्ट जारी भएको छ । आज (बुधवार) जिल्ला प्रहरी परिसर काठमाण्डुले जिल्ला अदालत काठमाण्डुबाट पक्राउ पुर्जी लिएको हो ।

रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुजी जारी भएको काठमाण्डु उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिएका छन ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा मुछिएपछि उनीहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको उनले जानकारी दिएका छन । यसअघि पक्राउ परेकाहरुले ठगीमा रायमाझीलगायतका उच्च तहका नेता र कर्मचारीको संलग्नता रहेको भन्दै बयान दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us