राष्ट्रपतिले जारी गरे मिटरब्याज समस्या सम्बन्धी अध्यादेश

काठमाण्डु टुडे २०८० वैशाख २० गते १६:१५ मा प्रकाशित

काठमाण्डु,२० वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचित भएपछि पहिलो अध्यादेश गरेका छन ।

२५ फागुनमा राष्ट्रपति निर्वाचित भएका पौडेलले पहिलो अध्यादेशका रूपमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ जारी गरेका छन ।

आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार राष्ट्रपतिले अध्यादेश जारी गरेका हुन । राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन ।

उक्त अध्यादेशमार्फत सरकारले मिटरब्याजी पीडितहरूको समस्या समाधान गर्ने उद्देश्य रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us