नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै संलग्नता छैन: टोपबहादुर रायमाझी

काठमाण्डु टुडे २०८० वैशाख २० गते १७:१५ मा प्रकाशित

काठमाण्डु,२० वैशाख– एमाले सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन ।

पक्राउ पुर्जी जारी भएपछि बुधवार अर्घाखाँचीको सन्धिखर्कमा पत्रकारहरुसँग बोल्नै उनले यस्तो बताएका हुन । उनले भने, ‘नक्कली शरणार्थी प्रकरणबारेमा मलाई त्यति थाहा छैन। यो कुरा सुनेर मलाई पनि आश्चर्य लागेको छ ।’

उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर लैजाने विषयमा आफ्नो कुनै किसिमको संलग्नता नभएको बताएका छन । बरु आफू मन्त्री भएका बेला भुटानी शरणार्थी समस्या समाधानमा पहल गरेको उनले बताएका छन ।

उनले भने, ‘भुटानी शरणार्थी समस्या समाधानमा हामीले काम गरेका थियौँ। सरकारमा हुँदा हामीले तीनवटा निर्णय गरेका थियौँ । भुटानी शरणार्थीहरूलाई दीर्घकालीन समस्या हल गर्ज रोजगारी सिर्जनाको प्रयत्न गर्ने कुरा भएको थियो,’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us