गण्डकी प्रदेशमा मन्त्रालय संख्या बढाउँदैनौं: मुख्यमन्त्री पाण्डे

२०८० वैशाख २१ गते १७:२८

काठमाण्डु, २१ वैशाख– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रालय संख्या नबढाउने बताएका छन । आज बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । मुख्यमन्त्री पाण्डेले सरकारलाई समर्थन गर्ने दलहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन । उनले अघि भने,...

न्याय प्रणाली छिटो छरितो बनाउँछु: कानुनमन्त्री गुरुङ

२०८० वैशाख २१ गते १७:०९

काठमाण्डु, २१ वैशाख– नवनियुक्त कानुन मन्त्री धनराज गुरुङले आफूले न्याय प्रणालीलाई छिटो छरितो बनाउने बताएका छन । आज बिहिबार मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै पत्रकारसित कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘न्याय ढिलो हुने गरेको भन्ने छ, त्यसको अन्त्यका लागि मैले काम...

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

२०८० वैशाख २१ गते १७:०४

काठमाण्डु, २१ वैशाख– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदबाट विश्वासको मत प्रप्त गरेका छन । १४ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले १५ गते शपथ लिएका थिए । पाण्डेले मागेको विश्वासको मतको पक्षमा ३५ जनाले मतदान गरे भने । विपक्षमा २२ मत परेको छ ।...

मेस्सीलाई साउदी क्लबबाट ५२ अर्ब ४१ करोडको लोभलाग्दो प्रस्ताव

२०८० वैशाख २१ गते १६:४४

एजेन्सी– अर्जेन्टिनी स्टार लियोनल मेस्सी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन पीएसजी बीचको सम्बन्ध चिसिदै गएको छ । परिस्थितिले अर्को मोड नलिए ३५ वर्षीय मेस्सी छिट्टै पीएसजीबाट बाहिरिने छन् । पीएसजी छाड्ने चर्चाले व्यापकता पाएलगत्तै मेस्सीमाथि विभिन्न ब्यवसायीक क्लबले आँखा गाड्न सुरु गरेका छन...

दुई बजे प्रहरी सम्पर्कमा आउने बताएका रायमाझी अझै बेखबर

२०८० वैशाख २१ गते १६:२५

काठमाण्डु, २१ वैशाख– नेपाल प्रहरीलाई आज बिहीबार दिउँसो २ बजे आफैं सम्पर्कमा आउने बताएका एमाले सचिव टोपबहादुर रायमाझी सम्पर्कविहीन बनेका छन् । उनी अझै सम्पर्कमा आइनपुगेको प्रहरीले जानकारी दिएको छ । उनको अन्तिम लोकेसन भैरहवा देखिएको छ। त्यसपछि उनी सम्पर्कविहीन रहेको प्रहरीले बताएको छ...

नवनियुक्त तीन जना मन्त्रीले लिए शपथ

२०८० वैशाख २१ गते १६:१५

काठमाण्डु, २१ वैशाख– नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (बिहिबार) राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बुलाई युवा...

रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेँ भन्ने पत्रिका पढेर थाहा पाएँ: केपी ओली

२०८० वैशाख २१ गते १५:४७

काठमाण्डु, २१ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने प्रस्तावबारे आफूलाई अनविज्ञ भएको बताएका छन् । अध्यक्ष ओलीले रास्वपाका सभापति लामिछानेलाई प्रधानमन्त्रीको अफर नगरेको बताएका छन । आज बिहिबार सिंहदरबारमा प्रधानमन्त्रीसँगको भेटपछि...

नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन गरौं, राजनीतिकरण नगरौं: उपमहासचिव रिमाल

२०८० वैशाख २१ गते १५:४२

काठमाण्डु, २१ वैशाख– एमाले उपमहासचिव विष्णु रिमालले नक्कली शरणार्थी प्रकरणमा निर्दोष फस्ने र दोषी उम्कने अवस्था आउन नहुने बताएका छन । प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझीविरूद्ध नै पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन । उनले छानबिनमा सहयोग गर्ने...

टोपबहादुर रायमाझी बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने मान्छे होइन: केपी ओली

२०८० वैशाख २१ गते १५:३५

काठमाण्डु, २१ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझीका विषयमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । बिहीबार दुई नेताबीच सिंहदरबारमा भएको भेटमा आफूले रायमाझी बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने...

महिलालाई विज्ञापनको साधन बनाइनु हुँदैन: सञ्चारमन्त्री

२०८० वैशाख २१ गते १५:११

काठमाण्डु, २१ वैशाख– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन बनाइनु नहुने बताएकी छन । आज बिहीबार ललितपुरमा आयोजित विज्ञापनमा लैङ्गिक उत्तरदायित्व विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन । उनले भनिन्, ‘महिलालाई विज्ञापनको साधन बनाउनु हुँदैन। कुनैपनि कुराको विज्ञापन गर्दा...

यसअघिका सरकारले गरेका राम्रा कामको निरन्तरता दिन्छु: मुख्यमन्त्री पाण्डे

२०८० वैशाख २१ गते १५:०६

काठमाण्डु, २१ वैशाख– गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यसअघिका मुख्यमन्त्रीले गरेका राम्रा कामको निरन्तरता दिने बताएका छन । आज (बिहीबार) प्रदेशसभामा विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन । मुख्यमन्त्री पाण्डेले यसअघिका सरकारले गरेका राम्रा कामको निरन्तरता दिने बताएका छन । उनले भने, ‘गण्डकी प्रदेशमा...

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

२०८० वैशाख २१ गते १४:३९

काठमाण्डु, २१ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच सिंहदरबारमा भेटवार्ता भएको हो । भेटका क्रममा संवैधानिक परिषदको बैठक, समसामयिक राजनीति लगायतका विषयमा कुराकानी भएको ओलीका स्वकीय सचिव राजेश...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us