न्याय प्रणाली छिटो छरितो बनाउँछु: कानुनमन्त्री गुरुङ

काठमाण्डु टुडे २०८० वैशाख २१ गते १७:०९ मा प्रकाशित

काठमाण्डु, २१ वैशाख– नवनियुक्त कानुन मन्त्री धनराज गुरुङले आफूले न्याय प्रणालीलाई छिटो छरितो बनाउने बताएका छन ।

आज बिहिबार मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै पत्रकारसित कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘न्याय ढिलो हुने गरेको भन्ने छ, त्यसको अन्त्यका लागि मैले काम गर्छु ।’

उनले स्वतन्त्र न्यायपालिका लोकतन्त्रको मेरुदण्ड भएको भन्दै आफू स्वतन्त्र न्यायलयप्रति प्रतिबद्ध रहेको पनि बताएका छन । गुरुङले आफूले सुशासनलाई प्राथमिकता दिएर काम गर्ने पनि बताएका छन ।

हिजो बुधबार मन्त्री नियुक्त भएका गुरुङले बिहीबार शपथ लिए लगत्तै मन्त्रालयमा गएर पदभार ग्रहण गरेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us