गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

काठमाण्डु टुडे २०८० वैशाख २१ गते १७:०४ मा प्रकाशित

काठमाण्डु, २१ वैशाख– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदबाट विश्वासको मत प्रप्त गरेका छन । १४ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले १५ गते शपथ लिएका थिए ।

पाण्डेले मागेको विश्वासको मतको पक्षमा ३५ जनाले मतदान गरे भने । विपक्षमा २२ मत परेको छ । राप्रपा तटस्थ बसेको छ । उनलाई आफ्नै दल कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङसहित ३५ सदस्यले विश्वासको मत दिएका थिए । नेकपा एमालेका २२ सांसले विपक्षमा मत हालेका छन् ।

राप्रपाका २ सांसद भने तटस्थ बसेको छ । पुस २५ गते माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारी सरकार वैशाख ९ गते ढलेपछि गण्डकीमा कांग्रेस–माओवादीको बहुमतको सरकारको सुरेन्द्रराज मुख्यमन्त्री बनेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us