प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाण्डु टुडे २०८० वैशाख २१ गते १४:३९ मा प्रकाशित

काठमाण्डु, २१ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच सिंहदरबारमा भेटवार्ता भएको हो । भेटका क्रममा संवैधानिक परिषदको बैठक, समसामयिक राजनीति लगायतका विषयमा कुराकानी भएको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिएका छन ।

भेटमा एमाले अध्यक्ष ओलीले सरकारले स्थानीय तहको बजेट कटौती गरेकामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनले बताएका छन । सरकारले स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान ५० प्रतिशतले कटौती गरेको थियो ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिले ओलीसमक्ष यस विषयमा गुनासो गरेपछि उनले प्रधानमन्त्रीलाई बजेट कटौती नगर्न आग्रह गरेका बज्राचार्यले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us