ललितपुर महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डु टुडे २०८० वैशाख २० गते १५:२६ मा प्रकाशित

काठमाण्डु,२० वैशाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेलले भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अधिकृत पौडेललाई अख्तियारको टोलीले सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिएको अवस्थामा यसअघि नै पक्राउ गरेको हो ।

पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरेबापत सेवाग्राहीसँग एक लाख रकम घुस लिएको पुष्टि भएको अख्तियारले जानकारी दिएको छ ।

पौडेलविरुद्ध आयोगले दायर गरेको रिटमा बिगो एक लाख रुपैयाँ कायम गर्दै कैद सजायको माग गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us