पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकविरुद्ध पक्राउ पूर्जी जारी

काठमाण्डु टुडे २०८० वैशाख २० गते १८:०२ मा प्रकाशित

काठमाण्डु,२० वैशाख– पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको अभियोगमा पक्राउ पूर्जी जारी भएको छ ।

जिल्ला अदालत, काठमाण्डुले उनलाई पक्राउ गर्न पूर्जी दिएको अदालत स्रोतले जानकारी दिएको छ । थापाले बुबा गृहमन्त्री भएका बेला शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै असुली गरेको गिरोहबाट आर्थिक लाभ लिएर अनुचिक कार्य गरेको भन्दै प्रहरीले पक्राउ पूर्जी जारी गरिदिन अदालत स्रोतले जानकारी दिएको छ ।

त्यसअनुसार प्रहरीले पेश गरेको प्रमाणका आधारमा पक्राउ पूर्जी जारी भएको अदालतले स्रोतले जानकारी दिएको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो ।

यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए । उनीहरुको बयानका क्रममा पूर्वगृहमन्त्री बादलका छोरा प्रतिकले पनि आफूहरुसँग सहयोग गरेको बताएका छन् ।

यो प्रकरणमा पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राई, पूर्वगृहसचिव एवं राष्ट्रपति कार्यालयका वहालवाला सचिव टेकनारायण पाण्डे समेत पक्राउ परिसकेका छन् । एमाले एमालेका नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पनि पक्राउ पूर्जी जारी भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us