कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काठमाण्डु टुडे २०८२ असार ३ गते १६:३५ मा प्रकाशित

काठमाण्डू, ३ असार– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । असार ४ गते बुधबार बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।

बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको पनि उनले जानकारी दिएका छन ।

रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन् । बैठकमा यो विषयका साथै अन्य समसामयिक विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us