हिजोदेखि पहिरोले अवरूद्ध नारायणघाट-मुग्लिन सडक अझै खुलेन

२०८० असार १५ गते ११:३३

काठमाण्डु, १५ असार- बिहीबार दिउँसो पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक अझै खुल्न सकेको छैन। आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन।चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि सडक बन्द भएको हो। त्यसपछि सुक्खा पहिरो खसे क्रम जारी छ। पन्छाउने...

पहिरोले कान्ति लोकपथ अवरुद्ध

२०८० असार १५ गते ११:०४

काठमाण्डु, १५ असार– वर्षातसँगै गएको पहिरोले कान्तिलोकपथ अवरुद्ध भएको छ । उक्त सडक खण्डअन्तर्गत ललितपुरको भट्टेडाँडास्थित बागमती पुल नजिकै शुक्रबार बिहान पहिरो खसेको हो । पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाण्डु–हेटौंडा आवतजावत गर्ने सवारी साधन रोकिएका छन् । हेटौँडाबाट काठमाण्डु आउँदै गरेका सवारी साधनलाई...

धान उत्पादन बढाउन सरकारले ध्यान दिएको छः प्रधानमन्त्री

२०८० असार १५ गते ९:५५

काठमाण्डु, १५ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धान उत्पादन बढाउन सरकारले विभिन्न प्रयास गरेको बताएका छन् । २०औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुक्रबार शुभकामना दिंदै प्रधानमन्त्रीले देशमा खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुता कायम गर्नमा धानको प्रमुख भूमिका रहेको परिप्रेक्ष्यमा राष्ट्रियस्तरमा धानको...

जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा

२०८० असार १५ गते ९:३८

सुर्खेत, १५ असार– कर्णाली प्रदेशको जुम्लाबाहेक नौ जिल्लामा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । राष्ट्रिय धान दिवसको अवसरमा आज सार्वजनिक बिदा दिइएको हो । २०७९ साल चैत २९ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय धान दिवसका अवसरमा जुम्लाबाहेक नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय...

आज असार १५ः दही च्यूरा खाएर धान रोपाईं गरिँदै

२०८० असार १५ गते ९:३१

काठमाण्डु, १५ असार– आज राष्ट्रिय धान दिवस मनाइँदै छ । कृषि प्रधान देश नेपालमा असारलाई ‘मानो रोपेर मुरी उब्जाउने’महिनाका रुपमा लिइन्छ । यही महिनाको मध्य दिन असारको १५ गतेदेखि विधिवत धान खेती सुरु हुन्छ । आजको दिन आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जनसहित धान रोपाईं...

नारायणगढ–मुग्लिन सडक भएर यात्रा नगर्न प्रहरीको अपिल

२०८० असार १५ गते ९:१७

भरतपुर, १५ असार– माथिबाट खसेको सुख्खा पहिरोका कारण बिहीबारदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड अझै खुलेको छैन । प्रहरीले शुक्रबार बिहानसम्म लगातार प्रयास गरे पनि पहिरो पन्छाएर यातायात सुचारु गराउन नसकिएको जनाएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा बिहीबार दिउँसो सुक्खा पहिरो खसेको थियो...

कपिलवस्तुमा रात्री बस दुर्घटना

२०८० असार १५ गते ९:०८

कपिलबस्तु, १५ असार– कपिलवस्तुमा रात्री बस दुर्घटना भएको छ । बझाङबाट काठमाण्डु आउँदै गरेको ना६ख १३३९ नम्बरको बस शुक्रबार बिहान ५ बजे कपिलवस्तुको शिवराज नगरपालिका–३ देउराली मोडमा दुर्घटना भएको प्रहरीले जनाएको छ । कपिलवस्तु प्रहरीका प्रवक्ता डिएसपी मिनबहादुर घलेका अनुसार दुर्घटनामा ६ जना घाइते...

एमाले नेताहरुमाथि भौतिक हमला गरेर समस्या समाधान हुँदैनःभट्टराई

२०८० असार १४ गते २२:२५

काठमाण्डु, १४ असार– एमाले सचिव योगेश भट्टराईले आफ्नो पार्टी र नेताहरुमाथि भौतिक महला गरेर कोशी प्रदेशको समस्या समाधान नहुने बताएका छन् । उनले कोशीको समस्या समाधान गर्न एमाले छलफलका लागि तयार रहेको समेत बताए । प्रदेशको नाम कोशी राखिएको विरोधमा आन्दोलनरत पहिचानवादीहरुको समूहले भट्टराईविरुद्ध...

जसले चलाउँथे घर अगाडि बम राखेर पैसा माग्ने धन्दा

२०८० असार १४ गते २२:०९

भैरहवा, १४ असार– रुपन्देहीका विभिन्न स्थानमा बम विस्फोटका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गरी घटनामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको हो ।...

नेकपा एसका नेता भन्छन्ः सपनामा पनि एमाले भएर भाषण गरेको देख्छु

२०८० असार १४ गते २१:५६

काठमाण्डु, १४ असार– नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले सपनामा पनि एमाले भएर भाषण गरेको देख्ने बताएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत माग्ने प्रस्ताव पेश गरेपछि प्रदेशसभामा बोल्दै राईले एमाले छाड्नुपर्दा दुलही जसरी रुनु परेको बताए । राईले...

संवादका लागि हरबखत तयार छौं, तर हिंसा मान्य छैन:योगेश भट्टराई

२०८० असार १४ गते १८:२७

काठमाण्डु ,१२ असार- नेकपा एमालेका सचिव योगेश भट्टराईले आफूमाथि पहिचानवादीहरुले आक्रमण गर्ने प्रयास उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका मान्य नभएको बताएका छन् । उनले नेकपा एमाले संवादको लागि हर बखत तयार रहेको समेत बताएका छन।  ७२ औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन...

नेपाली क्रान्ति सम्पन्न भइसकेको छैन :पूर्वराष्ट्रपति भण्डारी

२०८० असार १४ गते १८:१४

काठमाण्डु,१४ असार- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली क्रान्ति अझै सम्पन्न भइनसकेको बताएकी छन् । बिहीबार मदन भण्डारी फाउण्डेसनले काठमाण्डुमा गरेको मदन भण्डारीको ७२औं जन्मजयन्ती समारोहमा बौल्दै यस्तो बताएकी हुन। राजनीतिक रुपमा केही संरचनागत परिवर्तन भएका छन् । तर नेपाली क्रान्ति सम्पन्न भइसकेको छैन, केबल शुरुवात...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us