पहिरोले कान्ति लोकपथ अवरुद्ध

काठमाण्डु टुडे २०८० असार १५ गते ११:०४ मा प्रकाशित

काठमाण्डु, १५ असार– वर्षातसँगै गएको पहिरोले कान्तिलोकपथ अवरुद्ध भएको छ ।

उक्त सडक खण्डअन्तर्गत ललितपुरको भट्टेडाँडास्थित बागमती पुल नजिकै शुक्रबार बिहान पहिरो खसेको हो । पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाण्डु–हेटौंडा आवतजावत गर्ने सवारी साधन रोकिएका छन् ।

हेटौँडाबाट काठमाण्डु आउँदै गरेका सवारी साधनलाई प्रहरीले ठिङ्गनमा रोकेको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा बिहीबार गएको पहिरोका कारण सडक अवरुद्ध भएपछि कान्ति लोकपथको वैकिल्पक मार्ग प्रयोग गरेका सवारी साधन रोकिएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us