
सुर्खेत, १५ असार– कर्णाली प्रदेशको जुम्लाबाहेक नौ जिल्लामा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
राष्ट्रिय धान दिवसको अवसरमा आज सार्वजनिक बिदा दिइएको हो । २०७९ साल चैत २९ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय धान दिवसका अवसरमा जुम्लाबाहेक नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
नौ जिल्लाका सरकारी तथा गैरसरकारी निकायमा सार्वजनिक बिदा दिइएको हो । जुम्लामा भने १२ चैतमै धान दिवस मनाउन बिदा दिने गरिएकाले आज बिदा नदिइएको हो ।