
कपिलबस्तु, १५ असार– कपिलवस्तुमा रात्री बस दुर्घटना भएको छ ।
बझाङबाट काठमाण्डु आउँदै गरेको ना६ख १३३९ नम्बरको बस शुक्रबार बिहान ५ बजे कपिलवस्तुको शिवराज नगरपालिका–३ देउराली मोडमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
कपिलवस्तु प्रहरीका प्रवक्ता डिएसपी मिनबहादुर घलेका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन् । उनका अनुसार बसमा ४० जना सबार थिए ।
घाइतेको चन्द्रौटास्थित एक अस्पतालमा उपचार भइरहेको छ । घलेका अनुसार तीव्र गतिका कारण बस दुर्घटना भएको थियो । दुर्घटनालगत्तै घटनास्थल पुगेको प्रहरीले उद्धार गरी घाइतेलाई अस्पताल पठाएको थियो ।
दुर्घटनापछि बसका चालक भने फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।