सिन्धुली र लमजुङमा भारी वर्षा

२०८० साउन २८ गते ९:१८

काठमाण्डु, २८ साउन– सिन्धुली र लमजुङमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागअन्तर्गतको बाढी पूर्वानुमान् महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा ती दुई जिल्लामा धेरै भारी वर्षा भएको छ । सिन्धुलीको कुसुमटारस्थित मरिन खोला क्षेत्रमा पछिल्लो २४ घन्टामा १ सय...

बालकृष्ण खाँण भेटेपछि सुनिल शर्माले भनेः उहाँलाई थुनेकोमा प्रचण्ड र नारायणकाजीले चर्को मूल्य चुक्ता गर्नुपर्छ

२०८० साउन २८ गते ८:५९

काठमाण्डु, २८ साउन– नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेका काँग्रेस सांसद सुनिल शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका काँग्रेस नेता बालकृष्ण खाँणलाई भेटेका छन् । शर्माले आफू प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को हिरासतबाट मुक्त भएलगत्तै खाँणलाई भेटेको खुलाए । शर्माले...

सुनिल शर्माले भनेः प्रचण्ड सरकार ढालेर आरजु राणालाई प्रधानमन्त्री बनाउन लागिसकें

२०८० साउन २८ गते ८:४९

काठमाण्डु, २८ साउन– नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेर अदालतको आदेशमा तारेखमा रिहा भएका काँग्रेस सांसद सुनिल शर्माले आफ्ना सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएर आरजुको नेतृत्वमा सरकार निर्माण गर्ने दाबी...

सुनिल शर्माले भनेः नारायणकाजी श्रेष्ठ आतंककारी हो

२०८० साउन २८ गते ८:३९

काठमाण्डु, २८ साउन– काँग्रेस सांसद् सुनील शर्माले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आतंककारी गृहमन्त्री भएको आरोप लगाएका छन् । नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेर जिल्ला अदालतको आदेशमा रिहा भएका शर्माले प्राइम टाइम टेलिभिजनमा ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठमाथि आतंककारीको आरोप लगाए । उनले श्रेष्ठले...

सरकारले राम्रो काम गरेको छ, ढल्दैनः खड्का

२०८० साउन २७ गते १७:५७

काठमाण्डु, २७ साउन– उप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारको विकल्प कसैले नखोजेको बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा खड्काले सरकारको स्थिरताबारे राजनीतिक बजारमा चलेका चर्चा निराधार रहेको बताए । खड्काले वर्तमान सरकार निश्चित कार्ययोजनासहित अघि बढेको र ती लक्ष्य पुरा नभएसम्म...

चीनसँग विद्युत व्यापार सम्झौतामा हस्ताक्षर हुँदैछः प्रधानमन्त्री

२०८० साउन २७ गते १७:४९

चितवन, २७ साउन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ले चीन र बंगलादेशसँग विद्युत व्यपार सम्झौताको तयारीमा सरकार रहेको बताएका छन् । विश्व युवा दिवसका शनिबार चितवनको पटिहानीमा आयोजित कार्यक्रममा उनले भारत भूमि हुँदै बंगलादेशमा विद्युत बिक्री गर्ने विषयमा सहमति भएको भन्दै अब त्यस्तै सहमति चीनसँग...

प्रहरीले सुन प्रकरणमा एमाले नेता पक्रन खोजेको पोखरेलको खुलासा

२०८० साउन २७ गते १७:३५

जनकपुर, २७ साउन– माओवादी केन्द्रका मधेस प्रदेश इन्चार्ज लीलामणि पोखरेलले सुन प्रकरण फासफुस पार्न प्रमख प्रतिपक्षी एमालेले सदन अवरुद्ध गरेको बताएका छन् । प्रेस सेन्टरले शनिबार जनकपुरमा गरेको कार्यक्रममा पोखरेलले एमाले नेता सुन प्रकरणमा मुछिएको आरोप लगाए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले...

पौडी खेल्दा बेपत्ता किशोर तीन दिनपछि मृत फेला

२०८० साउन २७ गते १७:२४

बाँके, २७ साउन– बाँकेको खजुरा गाउँपालिका–७ स्थित जेठी नालामा डुबेर बेपत्ता भएका किशोर तीन दिनपछि मृत फेला परेका छन् । खजुरा गाउँपालिका–६ सिमलघारीका १५ वर्षीय विकास सुनार बुधबार अपराह्न ४ बजेतिर पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएको स्थानबाट करिब दुई सय...

बल्खु खोलाको बाढीमा फसेका दुई बालकलाई प्रहरीले बचायो

२०८० साउन २७ गते १७:१९

काठमाण्डु, २७ साउन– प्रहरीले बाढीमा फसेका दुई बालकको ज्यान बचाएको छ । शनिबार कीर्तिपुरस्थित बल्खु खोलामा फसेका दुई बालकको उद्धार गरिएको प्रहरी वृत्त कीर्तिपुरका डिएसपी राजु लामाले बताए । कलंकी बस्ने १२ वर्षीय रिदम अधिकारी र ११ वर्षीय सुमित आचार्य बाढीमा फसेका थिए ।...

अर्थतन्त्रमा देखिएका समस्या अस्थायी हुनः महत

२०८० साउन २७ गते १७:१३

काठमाण्डु, २७ साउन– अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएको बताएका छन् । ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री महतले अर्थतन्त्रका समस्या समाधानउन्मुख रहेको बताए । उनले हालको अवस्था छिट्टै अन्त्य हुने भन्दै हतास नहुने सबैलाई आग्रह गरे । ‘कोरोना भाइरस लगायत...

सरकार धेरै दिन नटिक्न सक्छः कोइराला

२०८० साउन २७ गते १५:१२

काठमाण्डु, २७ साउन– कांग्रेस नेता शेखर कोइरालाले भ्रष्टाचार अन्त्य र सुशासनको प्रत्याभूति दिलाउन नसके सरकार धेरै दिन नटिक्ने बताएका छन् । भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रममा कोइरालाले भ्रष्टाचार अन्त्य नभएसम्म मुलुक नबन्ने बताए । आफूनिकट सांसद डा. सुनिल शर्मा नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ...

स्वच्छ वातावरणका लागि विद्युतीय सवारीको प्रयोग बढाउनुपर्छः बस्नेत बस्नेत

२०८० साउन २७ गते १४:५९

काठमाण्डु, २७ साउन– उmर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव रहेको बताएका छन् । नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा शनिबार राजधानीमा आयोजित विद्युतीय सवारीसाधनको र्यालीमा सहभागी भएपछि आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । विद्युतीकरणको माध्यमबाट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us