
काठमाण्डु, २७ साउन– अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएको बताएका छन् ।
ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री महतले अर्थतन्त्रका समस्या समाधानउन्मुख रहेको बताए । उनले हालको अवस्था छिट्टै अन्त्य हुने भन्दै हतास नहुने सबैलाई आग्रह गरे ।
‘कोरोना भाइरस लगायत विविध कारणले अर्थतन्त्रमा केही समस्या देखिएका छन्’, उनले भने, ‘तर यो अस्थायी हो ।’ महतले विदेश नगई नेपालमै लगानी गर्न युवाहरुलाई आग्रह गरे ।
आईटी क्षेत्रमा लगानी गरे मनग्य मुनाफा आर्जन गर्न सकिने उनको भनाइ थियो । आईटी व्यवसाय गर्नेका लागि सरकारले बजेटमा राम्रो व्यवस्था गरेको महतले उल्लेख गरे ।
‘नेपालमा व्यापार व्यवसाय गर्न राम्रो अवसर छ’, उनले भने, ‘ विदेश गएर फर्किएकाहरुले नयाँ प्रविधि प्रयोग गरी राम्रो गरिरहेका छन् ।’