
बाँके, २७ साउन– बाँकेको खजुरा गाउँपालिका–७ स्थित जेठी नालामा डुबेर बेपत्ता भएका किशोर तीन दिनपछि मृत फेला परेका छन् ।
खजुरा गाउँपालिका–६ सिमलघारीका १५ वर्षीय विकास सुनार बुधबार अपराह्न ४ बजेतिर पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
बेपत्ता भएको स्थानबाट करिब दुई सय मिटर दक्षिण नालामा शव फेला परेको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ ।
सुनारको शव भेरी अस्पताल नेपालगञ्जमा परीक्षणका लागि ल्याइएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए ।
सुनार
जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए ।