
काठमाण्डु, २८ साउन– नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेर अदालतको आदेशमा तारेखमा रिहा भएका काँग्रेस सांसद सुनिल शर्माले आफ्ना सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।
उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएर आरजुको नेतृत्वमा सरकार निर्माण गर्ने दाबी गरे । उनले आरजु राणा आफ्नो अभिभावक भएको बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आरजुको राजनीतिक हत्या भएको उनको भनाइ थियो । शर्माले आरजु, गगनकुमार थापा, विश्वप्रकाश शर्मा र डा. शेखर कोइरालाबीच सहमति गराउने प्रयासमा आफू लागिसकेको उनको भनाइ थियो ।
‘आरजु मेरो नेता हो । मेरो प्यारेन्ट्स हो । सभापतिको वाइफ हो । त्यति मात्र होइन । भावी नेपालको प्रधानमन्त्री हो । काँग्रेसलाई मिलाउने हो भने गगनजी, शेखर दाईहरुले सबै बसेर आरजुलाई एक वर्ष प्रधानमन्त्री दिने । शेखरलाई कार्यबाहक प्रधानमन्त्री दिने । त्यसपछि गगन, विश्वा वा चन्द्र भण्डारीलाई दिने । यो पाँच वर्षभित्रै शेखरलाई एकपटक सभापति र प्रधानमन्त्री दिएर नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने’, शर्माले भने ।
उनले आफू पक्राउ परेका बेला आरजुले सरकारको विरोध गरेको भन्द प्रशंसा गरे ।