
काठमाण्डु, २७ साउन– उmर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव रहेको बताएका छन् ।
नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा शनिबार राजधानीमा आयोजित विद्युतीय सवारीसाधनको र्यालीमा सहभागी भएपछि आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युतप्राधिकरणले महत्वपूर्ण योगदान गरेको उनको भनाइ थियो । उनले स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा समेत जोड दिए । ‘विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युतप्राधिकरणले महत्वपूर्ण योगदान गरेको छ’। बस्नेतले भने, ‘स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोगका साथै सम्पूर्ण विद्युतीय सामग्रीको प्रचारप्रसार गर्नुपर्छ ।’
नेपाल विद्युत प्राधिकरणले भदौ १ गते आफ्नो ३८ औं वार्षिकोत्सवम मनाउँदै छ । सो अवसरमा प्राधिकरणले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।