माधवकुमार नेपालको मुटुमा समस्या, एन्जिओप्लास्टी गरियो

काठमाण्डु टुडे २०८२ वैशाख २६ गते १३:२१ मा प्रकाशित

काठमाण्डू, २६ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको एन्जिओप्लास्टी गरिएको छ । हिजो (बिहीबार) बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालको एन्जिओप्लास्टी गरिएको हो ।

‘उहाँको मुटुको एक नसा साँधुरो थियो । उक्त नसा खोलिएको छ,’ उपचारमा समलग्न चिकित्सकले भने, ‘हिजो एन्जिओप्लास्टी गरिएको हो ।’ एन्जियोप्लास्टी भनेको रक्त नली (खासगरी मुटुको रक्त नली) मा भएको अवरोध हटाउने चिकित्सा प्रक्रिया हो ।

कहिलेकाहीँ रक्त नलीमा बोसो वा अन्य पदार्थ जम्मा भएर साँघुरो हुन्छ, जसले रक्त प्रवाहमा समस्या ल्याउँछ । यो समस्यालाई हल गर्न एन्जियोप्लास्टी गरिन्छ । ती चिकित्सकका अनुसार नेपालको मुटुको समस्या पहिल्लादेखि नै थियो ।

‘उहाँको मुटुको नसामा पहिल्यै देखि समस्या थियो । अप्रेसनको योजनाबद्ध रूपमा गरिएको हो,’ ती चिकित्सकले भने, ‘ अहिले स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us