मोटरसाइकल र स्कुटी चोरीमा संलग्न ६ जना पक्राउ

२०८० साउन २६ गते १७:१५

काठमाण्डु, २७ साउन- दाङको तुलसीपुर प्रहरीले मोटरसाइकल र स्कुटी चोरी गर्ने समूहलाई  पक्राउ गरी सार्वजनिक गरेको छ । विभिन्न मितिमा मोटरसाइकल र स्कुटी चोरी गर्ने ६ जनालाई पक्राउ गरी तुलसीपुर इलाका प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरूलाई  सार्वजनिक गरेको हो ।मोटरसाइकल चोरी गर्ने तीन...

सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु

२०८० साउन २६ गते १६:५३

काठमाण्डु, २७ साउन- सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ब्रहम्पुरी गाउँपालिका-५ सखुअवा बस्ने ५० वर्षीय विद्यानन्द राय रहेका छन। उनी शुक्रबार बिहान आफ्नै खेतमा मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा...

नेपाली नर्स विदेश पलायन हुने परिस्थितिलाई रोक्न सरकार लागि पर्छ : प्रधानमन्त्री प्रचण्ड

२०८० साउन २६ गते १६:३४

काठमाण्डु, २७ साउन- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली नर्सहरु विदेश पलायन हुने परिस्थितिलाई रोक्न सरकार तप्पर रहेको बताएका छन् । आज स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत मन्त्री बनेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपालका नर्सहरु अर्को देशमा गएर तालिम...

पर्यटक बसमा भेटियो ३५ लाख नक्कली नोट, ९ जना पक्राउ

२०८० साउन २६ गते १६:२८

काठमाण्डु ,२७ साउन- लुम्बिनीबाट काठमाण्डु आउँदै गरेको पर्यटक बसमा ३५ लाख ७३ हजार रूपैयाँ नक्कली नोट भेटिएको छ। बिहीबार नागढुंगामा लु १ प ५ नम्बरको पर्यटक बस चेकजाँचको क्रममा उक्त परीमाणको नक्कली नोट चाउचाउको कार्टुनमा र्या प गरी डिकीमा राखिएको अवस्थामा बरामद गरिएको काठमाण्डु...

पूर्वीनाका काँकडभिट्टामा सिसीक्यामेरा जडान

२०८० साउन २६ गते १६:१२

काठमाण्डु, २७ साउन- झापाको काँकडभिट्टामा सिसीक्यामेरा जडान गरिएको छ । नाकाको सुरक्षा र निगरानीका लागि सिसीक्यामेरा जडान गरिएको हो ।इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार सिसीक्यामेरा जडानपछि गति मापनमा समेत मद्दत पुग्ने छ । मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित पूर्व–पश्चिम राजमार्गको पुरानो...

लडेर घाइते भएका प्रहरी जवान उपचार गरेर फर्किँदा पहिरोमा परी मृत्यु

२०८० साउन २६ गते १६:०३

काठमाण्डु,२७ साउन- मकवानपुरमा सुख्खा पहिरोमा परी प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा प्रहरी चौकी भैंसेमा कार्यरत प्रहरी जवान कीर्तिबहादुर नेपाली रहेका छन। बिहीबार ड्युटी सकेर कार्यालय फर्कँदै गर्दा लडेर सामान्य घाइते भएका नेपाली उपचारका लागि जिल्ला अस्पताल पुगेका थीय । उपचार सकेर कार्यालय...

कालीगण्डकी कोरिडोर १७ घन्टादेखि अवरुद्ध

२०८० साउन २६ गते १५:५०

काठमाण्डु, २७ साउन- राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर १७ घन्टादेखि अवरुद्ध भएको छ। आयोजनाको बागलुङ खण्डमा पहिराले सडक अवरुद्ध बनाएको हो । बागलुङ नगरपालिका–१० दब्ल्याङमा बिहीबार साँझ साढे ५ बजे माथिबाट झरेको पहिराले सडक अवरुद्ध भएको हो।अवरुद्ध बनेको सडक अहिलेसम्म खुलेको खुलाउन सकिएको छैन।...

सय किलो सुन प्रकरणमा थप एक जना पक्राउ

२०८० साउन २६ गते १५:४५

काठमाण्डु, २७ साउन- एक सय किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा व्यापारी रोहन अडुकिया छन्। अडुकियाल्ँर्य आजै भारतबाट फर्कने क्रममा अध्यागमन विभागले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको स्रोतले जनाएको छ। उनी व्यवसायी राकेश अडुकियाका छोरा हुन्। उनलाई राजस्व अनुसन्धान विभागमा...

डेङ्गुबाट चितवनमा एक जनाको मृत्यु

२०८० साउन २६ गते १५:३३

काठमाण्डु ,२७ साउन-  डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी...

सय किलो सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ

२०८० साउन २६ गते १०:११

काठमाण्डु,२६ साउन-सय किलो सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन। पक्राउ पर्नेमा चिनियाँ नागरिक ली जिएलिन र लुई फुयान रहेका छन।कालोसूचीमा रहेका उनीहरु विमानस्थल पुगेपछि अध्यागमन विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई जानकारी दिएको थियो। सिआईबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ...

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

२०८० साउन २६ गते ९:४८

काठमाण्डु,२६ साउन- आज पनि मुलुकका विभिन्न भूभागहरूमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको मौसममा विहारको उत्तरी भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणाली को प्रभाव रहेको छ। जसको प्रधावले लुम्बिनी तथा सदूर पश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक(दुई...

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप २ डाक्टर पक्राउ

२०८० साउन २६ गते ९:३३

काठमाण्डु, २६ साउन- नक्कली शैक्षिक प्रमाणपत्र बनाउने थप दुइ जना डाक्टर पक्राउ परेका छन्। पक्रउ पर्नेमा काठमाण्डु इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र मोरङका चिकित्सक मनित चौधरी रहेका छन। शिल्पकारलाई बिहीबार राति काठमाण्डु बाट पक्राउ गरिएको हो भने चौधरीलाई मोरङबाट पक्राउ गरिएकोप्रहरीको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us