सय किलो सुन प्रकरणमा थप एक जना पक्राउ

काठमाण्डु टुडे २०८० साउन २६ गते १५:४५ मा प्रकाशित

काठमाण्डु, २७ साउन- एक सय किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा व्यापारी रोहन अडुकिया छन्। अडुकियाल्ँर्य आजै भारतबाट फर्कने क्रममा अध्यागमन विभागले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको स्रोतले जनाएको छ। उनी व्यवसायी राकेश अडुकियाका छोरा हुन्।

उनलाई राजस्व अनुसन्धान विभागमा बुझाएको अध्यागमन स्रोतले जनाएको छ। योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ। तीमध्ये १ जना धरौटीमा छुटिसकेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट साउन २ गते छुटेको अन्दाजी १०० किलो सुन विभाग टोलीले बरामद गरेको थियो।हङकङबाट क्याथे प्यासिफिक एयरवेजको जहाजबाट ल्याइएको ब्रेक९शुमा लुकाएर सुन भित्र्याइएको थियो। रेडी ट्रेड प्रालिले उक्त सामान मगाएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us