
काठमाण्डु, २६ साउन- नक्कली शैक्षिक प्रमाणपत्र बनाउने थप दुइ जना डाक्टर पक्राउ परेका छन्।
पक्रउ पर्नेमा काठमाण्डु इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र मोरङका चिकित्सक मनित चौधरी रहेका छन।
शिल्पकारलाई बिहीबार राति काठमाण्डु बाट पक्राउ गरिएको हो भने चौधरीलाई मोरङबाट पक्राउ गरिएकोप्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)का प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
योसँगै नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ।