लडेर घाइते भएका प्रहरी जवान उपचार गरेर फर्किँदा पहिरोमा परी मृत्यु

काठमाण्डु टुडे २०८० साउन २६ गते १६:०३ मा प्रकाशित

काठमाण्डु,२७ साउन- मकवानपुरमा सुख्खा पहिरोमा परी प्रहरी जवानको मृत्यु भएको छ।

मृत्यु हुनेमा प्रहरी चौकी भैंसेमा कार्यरत प्रहरी जवान कीर्तिबहादुर नेपाली रहेका छन। बिहीबार ड्युटी सकेर कार्यालय फर्कँदै गर्दा लडेर सामान्य घाइते भएका नेपाली उपचारका लागि जिल्ला अस्पताल पुगेका थीय ।

उपचार सकेर कार्यालय फर्कीने क्रममा भीमफेदी गाउँपालिकास्थित प्रहरी चौकी भैंसेभन्दा १ किलोमिटर टाढा बुलबुले भन्ने स्थानमा सुख्खा पहिरोसँगै आएको ढुंगा उनीमाथि खसेपछि गम्भीर घाइते भएका थिए।

राति १२ बजे पुनः जिल्ला अस्पताल पुर्यााइएकोमा आज बिहान १ बजे उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।उनको शव जिल्ला अस्पतालमा राखिएको र परिवारलाई बुझाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us