
काठमाण्डु,२६ साउन-सय किलो सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन।
पक्राउ पर्नेमा चिनियाँ नागरिक ली जिएलिन र लुई फुयान रहेका छन।कालोसूचीमा रहेका उनीहरु विमानस्थल पुगेपछि अध्यागमन विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई जानकारी दिएको थियो।
सिआईबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, दुई चिनियाँ नागरिकको १४ साउनमा पक्राउ परेका बेल्जियन नागरिक दावा लामासँग सम्बन्ध देखिएको छ ।
उनले सञ्चालन गरेको ठमेलस्थित होटल भियनामा छापा मारेर दावालाई अनुसन्धान अधिकृतहरुले पक्राउ गरेका थिए ।
राजश्व अनुसन्धान विभागले ३ साउनमा हङकङबाट आएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । लगत्तै ट्याक्सी चालक र भन्सार एजेन्ट पक्राउ परेका थिए ।