पर्यटक बसमा भेटियो ३५ लाख नक्कली नोट, ९ जना पक्राउ

काठमाण्डु टुडे २०८० साउन २६ गते १६:२८ मा प्रकाशित

काठमाण्डु ,२७ साउन- लुम्बिनीबाट काठमाण्डु आउँदै गरेको पर्यटक बसमा ३५ लाख ७३ हजार रूपैयाँ नक्कली नोट भेटिएको छ।

बिहीबार नागढुंगामा लु १ प ५ नम्बरको पर्यटक बस चेकजाँचको क्रममा उक्त परीमाणको नक्कली नोट चाउचाउको कार्टुनमा र्या प गरी डिकीमा राखिएको अवस्थामा बरामद गरिएको काठमाण्डु प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

नक्कली नोट बरामद भएको गाडीका चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रहरीले थप त्यससँग सम्बन्धित ९ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाउपालिका वडा ७ का ४० अर्जुन सुवेदी, २५ वर्ष सुशील कार्की, सुनकोशी गाउँपालिका-६ का २३ वर्षीय शिव भण्डारी, २३ वर्षीय मिलन भण्डारी र २४ वर्षीय कृष्ण भण्डारी छन्।

त्यस्तै, झापा कमला गाउँपालिका-३ का २९ वर्षीय युवराज राई, अछाम मेल्लेख गाउँपालिका-३ का २१ वर्षीय अर्जुन बुढा, गुल्मी वाडागाउँ गाउँपालिका-२ का सागर आचार्य र नवलपरासी सरावल गाउपालिका-१ का ५३ वर्षीया पार्वती नेपाली पक्राउ परेका छन्।

भक्तपुर चागुनारायण नगरपालिका-४ बाट पक्राउ गरिएको उनीहरूको साथबाट थप १७ लाख दुई हजार नक्कली नोट फेला पारेको एसपी ढुंगेलले जानकारी दिए। पक्राउ गरिएको ९ जनालाई काठमाण्डु जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको उनले जानकारी दिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us