सरकारले राम्रो काम गरेको छ, ढल्दैनः खड्का

काठमाण्डु टुडे २०८० साउन २७ गते १७:५७ मा प्रकाशित

काठमाण्डु, २७ साउन– उप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारको विकल्प कसैले नखोजेको बताएका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा खड्काले सरकारको स्थिरताबारे राजनीतिक बजारमा चलेका चर्चा निराधार रहेको बताए ।

खड्काले वर्तमान सरकार निश्चित कार्ययोजनासहित अघि बढेको र ती लक्ष्य पुरा नभएसम्म नढल्ने स्पष्ट गरे ।

खड्काले सरकार मुलुकमा भ्रष्टाचार र अनियमितता अन्त्य तथा सुशासन कायम गर्ने अभियानमा अघि बढेको दाबी गरे ।

खड्काले मुलुकको आर्थिक अवस्था सुधारका लागि सरकार प्रयासरत रहेको समेत बताए ।

वर्तमान सरकारले मुलुक र नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेको उनको भनाइ छ ।

सरकारले नागरिकलाई केन्द्रमा राखेर काम गरिरहँदा कसैले पनि निधार खुम्च्याउन नहुने विचार व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us