
काठमाण्डु, २८ साउन– नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेका काँग्रेस सांसद सुनिल शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका काँग्रेस नेता बालकृष्ण खाँणलाई भेटेका छन् ।
शर्माले आफू प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को हिरासतबाट मुक्त भएलगत्तै खाँणलाई भेटेको खुलाए । शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वाग्रहका आधारमा खाँणलाई फसाएको आरोप शर्माले लगाए । शर्माले काँग्रेसको भावी सभापति र प्रधानमन्त्री हुन सक्ने क्षमता भएका खाँणलाई पक्राउ गरेर थुनेको मूल्य नारायणकाजी र प्रचण्डका लागि चर्को पर्ने उनको भनाइ छ ।
‘मेरो आदरणीय दाई बालकृष्ण खाँडलाई भेटेर आएँ । बालकृष्ण खाँणको राजनीतिक जीवनमा भएको क्षतिको जिम्मेवारी कसले लिन्छ ?’, शर्माले भने, ‘बालकृष्ण खाँण हाम्रो भावी सभापतिको क्याण्डिडेट (उम्मेदवार) हो, पोटेन्सियल भएको मान्छे हो ।’
उनले सभापति देउवा पत्नी आरजु राणा र खाँणको राजनीतकि चरित्र हत्या भएको उल्लेख गरे ।