नक्कली आरोपमा पक्राउ परेका डाक्टर सक्कली

२०८० साउन २८ गते १९:२१

काठमाण्डु, २८ साउन– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नक्कली प्रमाणपत्र बनाएर डाक्टर भएको आरोपमा पक्राउ परेका एक जना सक्कली डाक्टर रहेको खुलासा भएको छ । महोत्तरी पिपरा–८ का रञ्जितकुमार यादवलाई सिआईबीले नक्कली प्रमाणपत्र पेस गरी डाक्टर पढेको आरोपमा पक्राउ गरेको थियो । तर,...

सेयर बजारमा दोहोरो अंकको सुधार

२०८० साउन २८ गते १८:५५

काठमाण्डु, २८ साउन– साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । नेप्सेमा सुधार देखिएसँगै ९ उपसूचकमा हरियाली छाएको छ । आइतबार नेप्से सूचकांक १४ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ । आइतबार नेप्सेमा सूचीकृत...

अमनलाल हटाइएपछि अनिता बन्ने भइन् सामान्य प्रशासनमन्त्री

२०८० साउन २८ गते १८:३७

काठमाण्डु, २८ साउन– जनमत पार्टीकी नेतृ अनितादेवी साहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी दिने भएका छन् । साहले सोमबार बिहान १० बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनियताको सपथ लिने तय भएको छ । आइतबारै सपथको तयारी भए पनि...

नारायणकाजीले पदाधिकारी बैठकमा भनेः महरा दोषी देखिए छोडिन्न

२०८० साउन २८ गते १८:२१

काठमाण्डु, २८ साउन– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा दोषी देखिए उपाध्यक्ष कृष्णबहादुर महरामाथि कारबाही हुने बताएका छन् । अमनलाल मोदीलाई सामान्य प्रशासनमन्त्रीबाट हटाउन आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकमा महराले गल्ती गरेको भए...

छानबिन समिति गठन नगरिए प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता गर्नुपर्छः पौडेल

२०८० साउन २८ गते १७:४३

काठमाण्डु, २८ साउन– कांग्रेस नेता प्रदीप पौडेलले क्विन्टल सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने बताएका छन् । आइतबार बानेश्वरस्थित संघीय संसद भवनमा बसेको संसदीय दल बैठकमा पौडेलले त्यस्तो बताएका हुन् । पौडेलले सरकारले समिति गठनमा अरुची देखाउनुको कारण माग गरे ।...

अमनलाल मोदीलाई मन्त्रीबाट हटाउने माओवादी निर्णय

२०८० साउन २८ गते १७:३५

काठमाण्डु, २८ साउन– माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई हटाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पदाधिकारी बैठकले मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको हो । सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएपछि माओवादीले मन्त्रालय खाली...

विद्या भण्डारी राजनीतिमा आउने चर्चाले ओलीलाई तनाब, के भने ओलीले ?

२०८० साउन २८ गते १७:३०

काठमाण्डु, २८ साउन– एमाले अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी रानजीतिमा आउन नहुने बताएका छन् । पार्टी मुख्यालय च्यासलमा आइतबार पत्रकार सम्मेलन गरेर ओलीले विद्यालाई राजनीतिमा ल्याउन नहुने बताए । एमालेमा समस्या ल्याउन सकिन्छ कि भन्ने प्रयास स्वरुप विद्यालाई पार्टीमा फर्काउने प्रयास भएको...

सुनिल शर्मालाई प्रहरीले कुट्यो !, काँग्रेसमा विद्रोह गर्ने शर्माको चेतावनी

२०८० साउन २८ गते १७:१७

काठमाण्डु, २८ साउन– नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेर तारेखमा रिहा काँग्रेस सांसद सुनिल शर्माले आफ्नो पक्राउ पर्नुको कारणबारे पार्टी नेतृत्वले जवाफ दिनुपर्ने बताएका छन् । काँग्रेस संसदीय दल बैठकमा आइतबार शर्माले आफूलाई गैरकानूनी रुपमा पक्राउ गरी थुनामा राखिएको भन्दै आक्रोश व्यक्त गरे ।...

सुनिल शर्माले कुरा फेरेः गृहमन्त्री र अर्थमन्त्रीलाई सुन तस्करीको आरोप लगाएको छैन

२०८० साउन २८ गते १७:०४

काठमाण्डु, २८ साउन– नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेर तारेखमा रिहा काँग्रेस सांसद सुनिल शर्माले आफूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतबारे नीतिगत र नैतिक प्रश्न उठाएको बताएका छन् । काँग्रेस संसदीय दल बैठकमा आइतबार शर्माले सय केजी सुन विमानस्थल...

सुनिल शर्मालाई अर्थमन्त्री महतले हप्काए

२०८० साउन २८ गते १५:३४

काठमाण्डु, २८ साउन– अर्थमन्त्री प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नता पुष्टि भए पद छाड्ने बताएका छन् । प्रमाणसहित आए आफू एकदिन पनि कुर्सीमा नबस्ने महतले बताए । आफूबारे पार्टीभित्र र बाहिर पनि प्रश्न उठेपछि महतले आइतबार काँग्रेस संसदीय दल बैठकमा सो विषयमा बोलेका थिए...

ओलीले मागे प्रचण्डको राजीनामा

२०८० साउन २८ गते १५:१८

काठमाण्डु, २८ साउन– एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले भ्रष्ट र नालायका सरकारको प्रधानमन्त्री पद छाड्न प्रचण्डलाई सुझाव दिए । उपप्रधान तथा गृहमन्त्री नारायणकाज श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण...

ओली भन्छन्ः एयरपोर्टमा जे छोए पनि सुन

२०८० साउन २८ गते १५:०७

काठमाण्डु, २८ साउन– एमाले अध्यक्ष केपी ओलीले नेपालमा दैनिक सय किलो तस्करीको सुन भित्रिइरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले विभिन्न नाकाबाट दिनको सय किलो अवैध सुन भित्रिने गरेको बताए । भन्सारमा जे छुँदा पनि सुन नै निस्किने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us