ओलीले मागे प्रचण्डको राजीनामा

काठमाण्डु टुडे २०८० साउन २८ गते १५:१८ मा प्रकाशित

काठमाण्डु, २८ साउन– एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले भ्रष्ट र नालायका सरकारको प्रधानमन्त्री पद छाड्न प्रचण्डलाई सुझाव दिए ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाज श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा नदिनु चाहिं अनौठो र आश्चर्यजनक रहेको उनको भनाइ थियो ।

‘यति अयोग्य, यति नालायक सरकारको यस्तो भ्रष्टाचारको चाङमा उभिएर म नेतृत्व गर्छु भन्न अठ्यारो हुनुपर्ने हो’, ओलीले भने, ‘उहाँ आफैंले राजीनामा गर्नुपर्ने हो ।’

ओलीले सय केजी सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समितिको मागमा एमाले अडिग रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us