
काठमाण्डु, २८ साउन– कांग्रेस नेता प्रदीप पौडेलले क्विन्टल सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने बताएका छन् ।
आइतबार बानेश्वरस्थित संघीय संसद भवनमा बसेको संसदीय दल बैठकमा पौडेलले त्यस्तो बताएका हुन् । पौडेलले सरकारले समिति गठनमा अरुची देखाउनुको कारण माग गरे ।
यदि सरकार उच्चस्तरीय समिति गठन गर्न तयार नभए प्रधानमन्त्रीलाई दिएको समर्थन काँग्रेसले फिर्ता दिनुपर्ने उनको भनाइ थियो ।
‘तस्करी र भ्रष्टाचारका सबै प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने निर्णय गरिनुपर्छ’, पौडेलले बैठकमा भने, ‘सरकार छानबिन समिति बनाउन तयार हुँदैन भने प्रचण्डलाई प्रधानमन्त्रीमा दिएको समर्थन फिर्ता लिनुपर्छ ।’