
काठमाण्डु, २८ साउन– माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई हटाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पदाधिकारी बैठकले मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको हो ।
सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएपछि माओवादीले मन्त्रालय खाली गर्न मोदीलाई हटाउने निर्णय गरेको हो ।
मोदीमाथि कर्मचारी सरुवामा आर्थिक लेनदेन गर्ने गरेको आरोप माओवादीभित्रैबाट लाग्दै आएको थियो ।
मोरङ–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित मोदी गत ३ माघमा मन्त्री बनेका थिए ।