
काठमाण्डु, २८ साउन– जनमत पार्टीकी नेतृ अनितादेवी साहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी दिने भएका छन् ।
साहले सोमबार बिहान १० बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनियताको सपथ लिने तय भएको छ ।
आइतबारै सपथको तयारी भए पनि खराब मौसमका कारण जहाज समयमा नउड्दा चितवनमा रहेका प्रधानमन्त्री राजधानी फर्कन ढिलाइ भएकाले सपथ भोलिका लागि सारिएको हो ।
माओवादी पदाधिकारी बैठकले सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई हटाउने निर्णय आइतबारै गरेको थियो । जनमत पार्टीले गत २६ असारमै अनिताको नाम मन्त्रीमा सिफारिस गरेको थियो ।
तर, २७ असारमा प्रधानमन्त्री प्रचण्डलाई पत्नी शोक परेका कारण उनको सरकार यात्रा ढिला भएको हो ।
यसअघि जनमत पार्टीका तर्फबाट खानेपानी तथा सरसफाई मन्त्री बनेका अब्दुल खानले गत १७ चैतमा राजीनामा दिएका थिए ।