
काठमाण्डु, २८ साउन– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा दोषी देखिए उपाध्यक्ष कृष्णबहादुर महरामाथि कारबाही हुने बताएका छन् ।
अमनलाल मोदीलाई सामान्य प्रशासनमन्त्रीबाट हटाउन आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकमा महराले गल्ती गरेको भए उनी कठघरामा उभिनुपर्ने बताए ।
एक नेताका अनुसार श्रेष्ठले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले गरेको छानबिनमा महराको संलग्नता रहेको भन्नेबारे आएको समाचारबारे समेत ब्रिफिङ गरेका थिए ।
‘सुन प्रकरणमा कृष्णबहादुर महरा पनि जोडिएको समाचारहरु आएका छन्’, श्रेष्ठले भनेका थिए, ‘यदि उहाँ संलग्न हुनुभएको रहेछ भने छोडिन्न ।’
महरा र उनका छोराहरुको इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन प्रकरणमा मुछिएका चिनियाँ नागरिकसँग पटकपटक कुरा भएको देखिएको भन्ने समाचार प्रकाशित भएका छन् ।
महराले भने आफू सुन प्रकरणमा संलग्न नभएको प्रष्टीकरण दिँदै आएका छन् ।
्