सिन्धुली र लमजुङमा भारी वर्षा

काठमाण्डु टुडे २०८० साउन २८ गते ९:१८ मा प्रकाशित

काठमाण्डु, २८ साउन– सिन्धुली र लमजुङमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागअन्तर्गतको बाढी पूर्वानुमान् महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा ती दुई जिल्लामा धेरै भारी वर्षा भएको छ ।

सिन्धुलीको कुसुमटारस्थित मरिन खोला क्षेत्रमा पछिल्लो २४ घन्टामा १ सय ४९.६ मिलिमिटर वर्षा भएको छ । यस्तै लमजुङको खुदी बजारमा बितेको २४ घण्टामा १ सय ३१ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

विभागका अनुसार ५० देखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा मानिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us