मुग्लिन–नारायणघाट सडकखण्ड दुईतर्फी सञ्चालनमा

२०८० भदौ १४ गते १०:१९

चितवन, १४ भदौ– पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणघाट सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ । नाम्सी खोला पुल नजिकै पहिरो खसेपछि सडक एकतर्फी मात्र सञ्चालनमा आएको थियो । मेशिन प्रयोग गरी पहिरो पन्छाएर दुइतर्फी सवारी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सिनियर डिभिजनल इन्जिनियर रमेश प्रसाद...

नबील बैंकको एटिएम फुटाउँदै गरेका युवा पक्राउ

२०८० भदौ १४ गते १०:१४

भक्तपुर, १४ भदौ– एटिएम मेशिन फुटाएर रकम चोरी गर्न खोज्ने एक जनालाई बिहीबार बिहान प्रहरीेले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका–२ बस्ने २४ वर्षीय पूर्णबहादुर खासु छन् । भक्तपुर कमलविनायकमा हरेको भत्केको पाटीस्थित नबिल बैंकको एटीएम मेसिन तोडफोड गरी रकम...

लुटपाटको योजना बनाइरहेका जंगे हतियारसहित पक्राउ

२०८० भदौ १४ गते १०:०६

भक्तपुर, १४ भदौ– प्रहरीले भक्तपुरबाट दुई थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर स्थायी ठेगाना भई हाल भक्तपुर लोकन्थली बस्ने ४० वर्षीय जंगे माझी छन् । भक्तपुर प्रहरी प्रवक्ता डिएसपी वसन्त पाठकले गस्तीमा रहेको पहरी टोलीले बुधबार साँझ लोकन्थली...

आज जनैपूर्णिमा, यस्तो छ जनैपूर्णिमाको विशेषता

२०८० भदौ १४ गते ८:०८

काठमाण्डु, १४ भदौ– आज जनैपूर्णिमा अर्थात ऋषितर्पणी पर्व । सनातन हिन्दू तागाधारी जातिले आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने र वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै ९यज्ञोपवित० फेर्ने चलन छ । हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात् ज्ञानको धागो...

चार हजार तीर्थालु गोसाइँकुण्ड पुगे

२०८० भदौ १४ गते ७:५७

काठमाण्डु, १४ भदौ– रसुवाको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक स्थल गाोसाइँकुण्डमा जनैपूर्णिमा पर्वका अवसरमा भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले गोसाइँकुण्डमा स्नान तथा पूजा आरधना गरिरहेका छन् । गोसाइँकुण्ड समुद्र सतहदेखि १४ हजार एक सय फिटको...

आज र भोलि काठमाण्डुका यी सडकमा सवारी साधन निषेध

२०८० भदौ १४ गते ७:५१

काठमाण्डु, १४ भदौ– सांस्कृतिक पर्व गाइजात्राका अवसरमा काठमाण्डु महानगरपालिकाले आज र भोलि सहरका विभिन्न सडकमा सवारी साधन निषेध गरेको छ । महानगरले बिहीबार एक सूचना जारी गर्दै ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व गुपुन्हि (क्वाति पुन्हि) र सापारु (गाईजात्रा) का लागि प्रयोग हुने सडकमा दुई...

आज गाईजात्रा पर्व मनाइँदै, यस्तो छ गाईजात्राको इतिहास

२०८० भदौ १४ गते ७:४२

काठमाण्डु, १४ भदौ– आज काठमाण्डु उपत्यकासहित मुलुकका प्रमुख सहरमा सांस्कृतिक पर्व गाइजात्रा मनाइँदैछ । गाईलाई सिंगारेर नगर परिक्रमा गराइँने यो पर्व प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने परम्परा छ । विशेष गरी नेवार समुदायले मनाउने गाई जात्रामा गाई या गाईको...

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

२०८० भदौ १४ गते ७:२५

चितवन, १४ भदौ– पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । टोपे खोलामा बिहान पहिरो खसेपछि उक्त सडकखण्ड बन्द भएको हो । पहिरो पन्छाएर एकतर्फी रुपमा बाटो खुलाइएको छ । दुईतर्फी बाटो खुलाउन केही घण्टा लाग्ने चितवन प्रहरीले जनाएको छ । वर्षात लागेसँगै नारायणगढ–मुग्लिन...

महिलाद्वारा शरीरमा आगो लगाएर आत्महत्या प्रयास

२०८० भदौ १३ गते २०:४९

काठमाण्डु, १३ भदौ– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छन् । चितवन घर भई गैँडाकोट–२ एसपीएम चोक नजिक डेरामा बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए...

त्रिवि र विद्यार्थी संगठनहरुबीच सहमति, इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

२०८० भदौ १३ गते २०:४२

काठमाण्डु, १३ भदौ– इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धिको निर्णय फिर्ता हुने भएको छ । आन्दोलनरत विद्यार्थी संगठनका प्रतिनिधि र त्रिभुवन विश्वविद्यालयबीच बुधबार सहमति भएसँगै वृद्धि भएको शुल्क फिर्ता हुने भएको हो । विद्यार्थी संगठनहरु र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीबीच पाँचबुँदे सहमतिमा हस्ताक्षर भएको छ...

इन्जिनिरयद्वारा घरेलु कामदारमाथि बलात्कार

२०८० भदौ १३ गते २०:२७

काठमाण्डु, १३ भदौ– घरेलु कामदारलाई जबरजस्ती करणी गरेको अभियोगमा एक इन्जिनियर पुर्पक्षका लागि थुनामा गएका छन् । काठमाण्डु जिल्ला अदालतले इन्जिनियर हरिकुमार पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश भोलानाथ ढकालको इजलासले ८ भदौमा उक्त आदेश दिएको अदालत प्रशासनले जनाएको छ...

बलात्कार आरोपमा पण्डित पक्राउ

२०८० भदौ १३ गते १९:४१

काठमाण्डु, १३ भदौ– उदयपुरको कटरीबाट बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१६ घर भई हाल कटारी नगरपालिका–४ बस्ने ४२ वर्षीय दिनेश पण्डित जबर्जस्ती करणी आरोपमा पक्राउ परेका हुन् । एक २८ वर्षीया युवतीले डर त्रासमा पारेर आफूलाएै पण्डितले बलात्कार गरेको भन्दै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us