
काठमाण्डु, १३ भदौ– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छन् ।
चितवन घर भई गैँडाकोट–२ एसपीएम चोक नजिक डेरामा बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।
श्रीमानसँग सामान्य झैं झगडा हुँदा आफ्नै कोठामा भित्रबाट चुकुल लगाई शरीरमा पेट्रोल छर्की आगो लगाई घाइते भएको पौडेलले बताए । उनको अनुहारलगायत शरीरको माथिल्लो भाग जलेको प्रहरीले जनाएको छ ।
घाइते कुमालको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाका विषयमा अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।